पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।
यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि आज साँझ गृहमन्त्रीसँग भेटघाट भएको हो ।
भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । ‘आज साँझ उहाँहरू गृहमन्त्री ज्यूलाई भेट्न आउनुभएको थियो । मन्त्रीज्यूबाट वार्ता र सहमतिबाटै निकास निकाल्न आाग्रह भएको छ’, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने ।
मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको पनि तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण