मलोर्का र ओसासुनाले अंक बाँडे
मङ्गलबार, २९ माघ २०८१, ०६ : २१
काठमाडौं । स्पेनिस ला लिगामा मलोर्का र ओसासुनाले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको २३ औं चरणको अन्तिम खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
मलोर्काका लागि ८१ औं मिनेटमा भेदात मुरीकीले गोल गर्दा ओसासुनाका तर्फबाट अतिरिक्त समय अर्थात् ९४ औं मिनेटमा फ्लेभियन बोयोमोले बराबरी गोल फर्काए । योसँगै दुबैको समान ३१ अंक भएको छ ।
लिगमा २३ औं चरणका खेल सकिंदा ५० अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ भने ४९ अंक बटुलेको एटलेटिको मड्रिड दोस्रो तथा ४८ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको एथ्लेटिक क्लबको भने ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण