एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
मङ्गलबार, २९ माघ २०८१, ११ : ०६
काठमाडौँ । एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर साधारण शेयरमा रूपान्तरण हुने भएको छ । कम्पनीको ४ लाख ५७ हजार ८२१ दशमलव ३८ कित्ता शेयर साधारण शेयरमा रूपान्तरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको । यो कुल कायम रहेको शेयरको २.६३ प्रतिशत बराबर हो ।
यो रुपान्तरणसँगै साधारण शेयरको हिस्सा ३४.४४ प्रतिशत पुग्नेछ । अहिले रूपान्तरण हुन लागेको संस्थापक शेयर सबै संस्थापक शेयरधनीलाई संस्थापक शेयरको हिस्साको आधारमा समानुपातिक रूपमा वितरण हुने जनाइएको छ । अहिले एनआईशी एशियाको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।
एनआईसी एशिया बैंकले यसअघि स्वदेशी लघुवित्तलाई आफूमा गाभेको थियो । उक्त लघुवित्तलाई एक्लाएर गर्दा फेरिएको सेयर हिस्सालाई मिलाउन यस्तो रूपान्तरण गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण