फिल्म ‘पीआर’ को छायांकन सुरु

काठमाडौँ । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारदेखि छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतका अनुसार कलाकारहरू आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए ।
फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपीआईसीका गणेश केसी कार्यकारी निर्माता छन् ।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले फिल्मको छायांकन अस्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म