इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
मङ्गलबार, २९ माघ २०८१, १४ : १५
इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् ।
यस अघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको हो । यो प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।
यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण