आफ्नै चिपसेट बनाउँदै ओपनएआई
क्यालिफोनिर्या । ओपनएआईले यस वर्ष आफ्नो पहिलो कस्टम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपसेट बनाउने योजना बनाएको छ ।
एक रिपोर्टका अनुसार कम्पनीले यस चिपसेटको डिजाइन प्रक्रिया आन्तरिक रूपमा सुरु गरिसकेको छ र आगामी केही महिनामा यसको डिजाइन पूरा गर्ने छ । यो चिपसेट विकास गर्नुको मुख्य उद्देश्य एनभिडियामाथिको निर्भरता कम गर्नु र अन्य चिप आपूर्तिकर्ताहरूसँगको आफ्नो मोलमोलाई शक्तिलाई बलियो बनाउनु भएको बताइएको छ । कम्पनीले चिपसेट मात्र नभई विभिन्न प्रकारका हार्डवेयर बनाउने योजना समेत बनाएको ट्रेडमार्क फाइलिङमा भनिएको छ ।
ओपनएआई आफ्नो इन–हाउस चिपसेट डिजाइनलाई अन्तिम रूप दिने प्रक्रियामा छ र आगामी केही महिनामा यसलाई पूरा गर्नेछ । रिपोर्टका अनुसार, डिजाइन पूरा भएपछि, कम्पनीले यसलाई ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)लाई पठाउनेछ, जसले यो चिपसेटको उत्पादन सम्हाल्नेछ । ओपनएआईको यो नयाँ चिपसेट ३–न्यानोमिटर प्रोसेस प्रविधिमा आधारित हुनेछ । यसमा सिस्टोलिक एरे आर्किटेक्चर र उन्नत नेटवर्किङ क्षमताहरू सहित उच्च–ब्यान्डविथ मेमोरी (एचबीएम) हुनेछन् । एनभिडियाका चिपसेटमा पनि यही प्रविधिको प्रयोग गरिएका छन् ।
आफ्नै चिपसेट बनाउनाले अन्य चिपसेट आपूर्तिकर्ताहरूसँग मोलमोलाई गर्न कम्पनीलाई रणनीतिक फाइदा हुनेछ । त्यसमाथि चिपका लागि एनभिडियामा यसको अत्यधिक निर्भरता कम गर्न पनि अनुमति दिनेछ । जसको चिप्स ओपनएआईले व्यापक रूपमा प्रयोग गरिरहेको छ । रिपोर्ट अनुसार, कम्पनीले भविष्यमा अझ उन्नत र फराकिलो क्षमता भएका प्रोसेसरहरू विकास गर्ने योजना बनाएको छ ।
रिपोर्टका अनुसार, ओपनएआईको यो चिपसेट ओपनएआईका हार्डवेयर प्रमुख रिचर्ड होको नेतृत्वमा रहेको इन–हाउस टोलीद्वारा डिजाइन गरिएको हो । होले पहिले लाइटम्याटर र गुगलमा काम गरिसकेका छन् र अर्धचालक इन्जिनियरिङमा विशेषज्ञता राख्छन् । प्रतिवेदनमा यो पनि भनिएको छ कि होको टोली विगत केही महिनामा दोब्बर भएको छ र अहिले यसमा ४० जना कर्मचारीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण