नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । माघ २७, २८ र २९ गते चलेको महाधिवेशनबाट सो प्रस्ताव पारित गरिएको हो ।
जसअनुसार चालु संसदलाई छलेर विभिन्न अध्यादेशहरू ल्याई राज्य चलाउने सरकारको पुरानो राजनीतिक प्रवृत्तिले लोकतन्त्रका साथै समग्र प्रणालीप्रतिको जनवितृष्णा समेत बढ्दै जाने भएको निष्कर्ष निकाल्दै सो कार्यको भर्त्सना गरिएको छ ।
यस्तै वृहत् शान्ति सम्झौता पछि लामो समयसम्म पनि नेपालको शान्ति प्रक्रिया टुंगिन नसकेको अवस्थामा शान्ति प्रक्रियाका बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरू बिच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशिध्र सम्पन्न गर्न नयाँ शक्तिले माग गरेको छ ।
यस्तै चालु आबको छ महिनाको अवस्था हेर्दा अर्थतन्त्रमान सिथिलता र संकट उन्मुख रहेको सो पार्टीले निष्कर्ष निकालेको भने राज्यका सबै अङ्गमा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएकोमा चिन्ता प्रकट गरिएको छ ।
यसैगरी लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्दै महाधिवेशनले भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहद ध्रुवीकरण सहित नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण