अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका दुई अन्तरिक्षयात्रीहरू महिनौँदेखि अन्तरिक्षमा अलपत्र छन् । उनीहरूलाई धर्तीमा फर्काउने प्रयास यसअघि बारम्बार तुहिएपछि महिनौँदेखि उनीहरू अन्तरिक्ष स्पेस स्टेसन (आइएसएस) मै बसिराखेका छन् । ८ दिनका लागि भनेर जुनको सुरुमा सुनिता विलियम्स र बुच विलमोर आईएसएस गएका थिए ।
तर उनीहरू चढेर गएको बोइङको स्टारलाइनर यानबाट हिलियम चुहिने जस्ता समस्या देखिएपछि केही महिनामा यान रित्तै फर्कियो । स्टारलाइनरमै राखेर उनीहरूलाई फर्काउन जोखिमयुक्त हुने ठानेर नासाले सुनिता र बुचलाई फर्काउन अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्पेस एक्ससँग सहायता मागेका छन् । यी दुबै जना स्पेस एक्सको क्रु–९ मिसनका अन्य सदस्यहरूसँग फर्किदैंछन् ।
उनीहरूको फिर्ती यसअघि अनुमान गरिएको भन्दा केही हप्ता छिटै हुनसक्ने नासाले बताएको छ । सुनिता र बुचको अवस्थाबारे मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पले द्विविधा देखाइरहेको समयमा यो घोषणा भएको हो । ट्रम्पले आफूलाई सुनिता र बुचलाई सकेसम्म छिटै धर्तीमा ल्याउन निर्देशन दिएको भन्दै मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोष्ट पनि गरेका थिए । आफूले पनि यस्तै गर्ने मस्कले पोष्टमा बाइडेन प्रशासनलाई गाली गर्दै लेखेका पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण