नसर्ने रोगको निःशुल्क परीक्षण कहाँ गराउने ?
बुधबार, ३० माघ २०८१, १४ : १५
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने भएको छ । यो अभियानमा मार्फत ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान निशुल्क गर्न पाउने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको उनको भनाई छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेदेखि एक महिने परीक्षण अभियान सुरु गर्ने बताएका छन् ।
गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण