साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.२६ अंकले घट्यो
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक घटेको छ । बुधवारको कारोबारमा सामान्य अंकले बढेको नेप्से परिसूचक आज पुनः घटेर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले गिरावट भएको हो ।
नेप्से कारोबारमा आएका ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको कारोबारमा ८ अर्ब ७१ करोड बराबरको शेयर खरिदबिक्री भएको थियो
नेप्सेका १३ उपसमूहमध्ये बिहीबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.८८ प्रतिशत बढेको छ भने विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ । स दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बिहीबारको कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, वाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबारको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण