कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत
काठमाडौँ । सरकारले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न दुई फरक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोलपत्र स्वीकृत गरिएको जनाएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण गर्न काठमाडौँको टंगालस्थित बीकेओआई–केसीडीसी–बीजी ज्वाइन्ट भेन्चरको बोलपत्र स्वीकृत गरिएको हो । अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँ तीन पैसाको बोलपत्र स्वीकृत गरिएको छ ।
यसैगरी, कीर्तिपुर रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फ्लड लाइट जडान गर्नका लागि ललितपुरस्थित विषन–इश्वरी ज्वाइन्ट भेन्चरको बोलपत्र स्वीकृत गरिएको छ । फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँ उनानब्बे पैसाको बोलपत्र स्वीकृत गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण