नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि राजधानीको प्रज्ञा भवनमा भएको प्रथम महाधिवेशनपछिको निर्वाचनबाट २२ जना निर्विरोध निर्वाचित भएका हुन् ।
बाँकी पदमा भएको निर्वाचनको पनि अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । जसअनुसार अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएको नयाँ शक्तिले जनाएको छ ।
यस्तै दलित उपाध्यक्षमा दुर्गा सोव, महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, कोषाध्यक्षमा हरि रिजाल लगायत २२ जना निर्विरोध निर्वाचित भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष लगायत पदहरुमा प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा मतदानको प्रक्रिया सञ्चालन गरिएको नेसपाको भनाइ छ । केन्द्रीय समितिमा उपाध्यक्षहरु, सचिवहरु र केन्द्रीय सदस्यहरु नेपालको संविधान र पार्टीको विधानले व्यवस्था गरे बमोजिम जातीय संरचना महिला, युवा, खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व सहित उम्मेदवारीको कोटा निश्चित गरी मतदान भएको थियो ।
निर्वाचन मार्फत केन्द्रीय समितिमा युवाहरूको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व हुने गरी मतपत्रमा सुनिश्चित गरिएको थियो ।
यस्तै देश बाहिर रहेका प्रवासी नेपालीहरूलाई विद्युतीय प्रणालीको माध्यमबाट मतदान गर्ने व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण