जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका छन् । पोखरा विश्वविद्यालय स्कुल अफ इन्भारोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विकसित देशहरूका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै जनवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका हुन् ।
उनले उच्च हरित गृह उत्सर्जन गर्ने देशहरूले जलवायु न्यायका लागि गरेका प्रतिबद्धतालाई अक्षरशः पालना गरेको नदेखिएको उल्लेख गरे । उनले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषहरूबाट नेपालले लाभ लिन सक्नुपर्ने धारणा राखे । मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय कोषहरूबाट आएको सहयोगको सही परिचालन गरी आयोजनाहरूलाई सफल बनाउन जरुरी रहेको जिकिर गरे । नेपाललाई जलवायु परियोजनासँग जोड्नका लागि अझै धेरै काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण