७५ स्वर्णसहित कैलाली छनोट प्रतियोगिताको शीर्ष स्थानमा
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा कैलालीको धनगढीमा जारी छनोट प्रतियोगिताको शुक्रबारसम्मको नतिजा अनुसार कैलाली पहिलो स्थानमा रहेको हो ।
प्रतियोगितामा हालसम्म एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य पदकको टुङ्गो लागिसकेको छ । हालसम्म कैलालीले एक सय ४२ वटा पदक प्राप्त गरेको छ । कैलाली ७५ स्वर्ण, ४६ रजत र २१ कास्य पदक जितेको छ ।
यसैगरी, पदक तालिकामा कञ्चनपुर दोस्रो स्थानमा छ । कञ्चनपुरले ६४ स्वर्ण, ४२ रजत र २४ वटा कास्य पदक जितेको छ । तेस्रो स्थानमा रहेको डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ वटा कास्य पदक हात पारेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाले सहभागिता जनाएको छनोट प्रतियोगितामा बझाङ चौथो स्थानमा आसिन छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कास्य जितेको छ । पाँचौँ स्थानमा आसिन बाजुराले ६ स्वर्ण, ६ रजत र १८ कास्य हात पारेको छ ।
यसैगरी, छैटौँ स्थानमा आसिन दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कास्य जितेको छ । सातौँ स्थानमा आसिन बैतडीले तीन स्वर्ण, नौ रजत र ११ कास्य चुमेको छ । आठौँ स्थानमा रहेको डोटीले दुई स्वर्ण, सात रजत र २० कास्य हात पारेको छ । सबैभन्दा तल रहेको अछामले एक स्वर्ण, दुई रजत र पाँच कास्य जितेको छ ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । छनोट प्रतियोगितामा दुई हजार आठ सय खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण