एप्पलका उपकरण ह्याकरको कब्जामा पर्नसक्ने चेतावनी

क्यालिफोनिर्या । आइफोन र आइप्याड सजिलै ह्याकरहरूको कब्जामा पर्नसक्ने चेतावनी दिइएको छ । आइफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्तालाई यस्तो चेतावनी दिएको हो ।
आफूहरूले ह्वाइट ह्याट नाम गरेको ह्याकरहरूबाट प्रशस्त चेतावनी देखिरहेको कम्पनीको भनाई छ । यिनीहरूले प्रयोगकर्ताका व्यक्तिगत सूचनामा पहुँच पुर्याउन निकै सजिलो छ भनेर भनिरहेको बताइएको छ । यो कार्य कसैको फोनको चार्जर मागे जस्तो सजिलो भएको ह्याकरहरूले भनिरहेका छन् ।
यसैबिच कम्पनीले अति नै परिष्कृत आक्रमणको पुष्टि गर्दै आकस्मिक सुरक्षा अपडेट जारी गरेको छ । पछिल्लो सुरक्षा अपडेट डाउनलोड नगर्ने हो भने आइफोन र आइप्याड सजिलै ह्याक हुने चेतावनी कम्पनीको छ । प्रभावित उपकरण सफ्टवेयर सपोर्ट सकिनै लागेका पुराना मोडल नभएको पनि कम्पनीले दोहोर्याएको छ ।
यसको खतरामा आइफोन एक्सएस र योभन्दा पछि आएका फोन, आइप्याड प्रो १३ इञ्च, आइप्याड प्रो १२.९ इञ्च तेस्रो पुस्ता र योभन्दा पछिका मोडल भएको बताइएको छ । यसको चपेटामा आइप्याड प्रोत ११ इन्ञ्च पहिलो पुस्ता र यस पछिका मोडल, आइप्याड एयर तेस्रो पुस्ता र यसपछिका मोडल, आइप्याड सातौं पुस्ता र यस पछिका मोड र आइप्याड मिनी पाँचौं पुस्ता र यसपछिका मोडल पनि खतरामा रहेको भनिएको छ ।
यस ह्याकिङमा लक गरेर राखिएको उपकरणमा पनि यूएसबी रेस्ट्रिक्टेड मोडलाई डिजेबल हुन सक्ने र ह्याकरले माथि भनिएका आइफोन र आइप्याडमा पूरै एड्मिन पहुँच पाउन सक्ने पनि कम्पनीले बताएको छ । तर अहिलेसम्म कुनै पनि उपभोक्ताले आफ्नो उपकरण ह्याक भएको भनेर उजुरी गरेको पुष्टि भने भइसकेको छैन । यस सम्बन्धमा एप्पलले पनि आफ्नो वेबसाइटमा विस्तृतमा केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’