१० जना डीएसपीहरुको सरुवा, जनसेवामा कृष्ण चन्द
शुक्रबार, ०२ फागुन २०८१, २१ : ५८
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीहरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतोलाई पठाइएको छ ।
प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाहीलाई सरुवा गरिएको छ ।
रसुवामा कार्यरत केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामा, गजुरीमा विकाश थापा र जिल्ला प्रहरी कार्यालय चितवनमा रवीन्द्र खनाल सरुवा भएका छन् ।
बुटवलमा कार्यरत विजयराज पण्डितलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा गरिएको छ । काँकडभिट्टामा कार्यरत डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण