महिला प्रिमियर लिग : साबिक विजेता बेंगलुरुको कीर्तिमानी जित
भडोदरा । महिला प्रिमियर लिगको पहिलो खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात जायन्ट्समाथि रेकर्ड जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा बेंगलुरु ६ विकेटले विजयी बन्यो ।
गुजरातले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य बेंगलुरुले ९ बल अगावै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । महिला प्रिमियर लिगमा कुनै पनि टोलीले यति ठुलो लक्ष्य सफलतापूर्वक पछ्याएको यो पहिलो अवसर हो ।
बेंगलुरुका लागि ऋचा घोषले नटआउट रहँदै सर्वाधिक ६४ रन जोडिन् । उनले मात्र २७ बलमा ७ चौका र ४ छक्का हिर्काइन् । उनलाई कनिका अहुजाले १३ बलमा ३० रन बनाउँदै अन्तिमसम्म साथ दिइन् ।
एलिसे पेरीले पनि अर्धशतकीय इनिङ्स खेलिन् । उनले ३४ बलमा ६ चौका र २ छक्काको मद्दतले ५७ रन बनाइन् । राघवी विष्टले २५ रनको योगदान दिइन् । गुजरातका लागि कप्तान एस्ली गर्डनरले २ तथा डिएन्ड्रा डोटिन र सायली सतघरेले १–१ विकेट लिए ।
यसअघि कप्तान गार्डनरले ३७ बलमा ७९ रन जोडेपछि गुजरातले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । उनले ३ चौका र ८ छक्का हिर्काइन् ।
त्यस्तै, ओपनर बेथ मुनीले ४२ बलमा ५६ रनको योगदान दिइन् । उनले ८ चौका प्रहार गरिन् । डोटिनले २५ रन हिर्काइन् ।
बेंगलुरुका लागि रेनुका सिंहले २ विकेट लिइन् । त्यस्तै, कनिका अहुजा, जर्जिया वेरह्याम र प्रेमा रावतले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण