भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था छैन : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरूसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था नबनेको बताएका हुन् । संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरू फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए ।
‘प्रतिनिधि सभामा बहुमत रहेको, राष्ट्रिय सभामा बहुमत नरहेको, यो परिस्थितिमा सरकारले सोच्नुपर्थ्यो । सबैसँग सरसल्लाह गरेको भए त यो कुरा उठ्दै उठ्दैन थियो । त्यो बेलामा हतार गरेको कारणले गर्दा अहिले अध्यादेश जस्ताको तस्तै पारित गर्ने कुरामा चाहिँ सरकार फराकिलो छलफलमा छ अहिले,’– नेता विश्वकर्माले भने ।
नेता विश्वकर्माका अनुसार विगत दुई तीन दिनमा सत्ता समीकरणमा रहेका प्रमुख दलहरूले सरकारको सहायक भूमिकामा रहेका, समर्थनमा रहेका र विरोधमा रहेका दलहरूसँग पनि अध्यादेशको बारेमा छलफल गरिरहेका छन् । प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरू संशोधन गर्ने गरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यस सन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको उनले बताए ।
अध्यादेश ल्याउन पाउने कुरामा कुनै विमति नरहेको र यो प्रक्रिया संविधानसम्मत नै रहेको उनले बताए । भूमिसम्बन्धी अध्यादेशको सन्दर्भमा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट नै केही आशंका व्यक्त भएको उनले सुनाए । राष्ट्रपति पौडेलले दलहरूको बिचमा मिहिन छलफल पछि मात्रै उक्त अध्यादेश आउनुपर्ने कुरा राखेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान
-
‘जार’ करियरको ठुलो उपलब्धि – अभिनेता शाही
-
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
-
लन्डनमा प्रदर्शन हुँदै ‘रंगी’
-
कोहलीको रेकर्ड अझै ‘विराट’
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की