अध्यादेश विवाद
भूमिसम्बन्धी अध्यादेश परिमार्जन गर्न कार्यदल बनाइने
शनिबार, ०३ फागुन २०८१, १६ : ४१
काठमाडौँ । भूमिसम्बन्धी अध्यादेशका अन्तर्वस्तु परिमार्जन गर्न कार्यदल बनाइने भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकले अध्यादेशको अन्तरवस्तु परिमार्जनका लागि कार्यदल बनाउने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले जानकारी दिइन् ।
कार्यदलमा सत्तारुढ सात दलबाट एक/एक जना सदस्य रहने सहमति पनि बनेको चौधरीले बताइन् । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने निर्णय गरेका छन् । अध्यादेशमा थप छलफल गरेर उनीहरूका माग सच्याउन कार्यदल बनाउने सहमति भएको हो ।
भूमिसम्बन्धी अध्यादेशमै विवाद भएका कारण सरकारले संसद्मा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्न सकिरहेको छैन । सरकारले ल्याएका ६ अध्यादेश १८ माघमा संघीय संसद्मा पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण