यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा
पोखरा । १९ औँ संस्करणको पोखरा म्याराथनमा पनि केन्याली धावकले नै वर्चस्व जमाएका छन् । शनिबार भएको प्रतियोगिता अन्तर्गत तीनवटा पुरस्कार केन्याली धावकले जितेका हुन् ।
विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै पहिलो भए । केन्याकै जुलियस मुरियुकीले २ घण्टा १७ मिनेट २३ सेकेण्डमा दौड पूरा गरेर दोस्रो बने । केन्याकै ओनेसमस गिटायुले २ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले ५ लाख, ३ लाख र २ लाख पुरस्कार पाएका छन् ।
नेपालका किरणसिंह बोगटीलेले २ घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै चौथो भए । उनले ३० हजार पाएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिता अन्तर्गत यो वर्षदेखि गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको थियो । म्याराथनमा निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशमा पहिलो, रिखुलाल सिंजालीमगर प्रदेश दोस्रो र दिनेशसिंह बोगटी तेस्रो बने ।
हाफ म्याराथन पुरुषतर्फ सन्तोषविक्रम विष्ट पहिलो बने । गजेन्द्र राई दोस्रो र इमानियोल किप्टारबेई तेस्रो भए । महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता बन्दा स्यारोन जनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण