यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा

पोखरा । १९ औँ संस्करणको पोखरा म्याराथनमा पनि केन्याली धावकले नै वर्चस्व जमाएका छन् । शनिबार भएको प्रतियोगिता अन्तर्गत तीनवटा पुरस्कार केन्याली धावकले जितेका हुन् ।
विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै पहिलो भए । केन्याकै जुलियस मुरियुकीले २ घण्टा १७ मिनेट २३ सेकेण्डमा दौड पूरा गरेर दोस्रो बने । केन्याकै ओनेसमस गिटायुले २ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले ५ लाख, ३ लाख र २ लाख पुरस्कार पाएका छन् ।
नेपालका किरणसिंह बोगटीलेले २ घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै चौथो भए । उनले ३० हजार पाएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिता अन्तर्गत यो वर्षदेखि गण्डकी प्रदेशका धावकका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको थियो । म्याराथनमा निरोज भट्ट क्षेत्री गण्डकी प्रदेशमा पहिलो, रिखुलाल सिंजालीमगर प्रदेश दोस्रो र दिनेशसिंह बोगटी तेस्रो बने ।
हाफ म्याराथन पुरुषतर्फ सन्तोषविक्रम विष्ट पहिलो बने । गजेन्द्र राई दोस्रो र इमानियोल किप्टारबेई तेस्रो भए । महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता बन्दा स्यारोन जनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो