कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका ८० प्रतिशत आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । समयका आयोजना सम्पन्न गर्ने उद्देश्यसहित समयमै आयोजना कार्यान्वयनका लैजाने कुरामा सरकार सचेत रहेको उनको भनाइ छ ।
बजेट वितरण, आयोजना छनोट र सरकारी पारदर्शिता सम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गराउँदै शनिवार वीरेन्द्रनगरका आयोजित प्रेस चौतारीको कार्यक्रमका कँडेलले भने, ‘हामीले जे बजेट प्राप्त गरेका छौँ, त्यसको सही उपयोग र पारदर्शी वितरणमा जोड दिएका छौँ ।’
आलोचना भइरहे पनि आयोजनाहरू समयमा सम्पन्न गर्न प्रदेश सरकार कटिबद्ध रहेको कर्णालीको आर्थिक अवस्था, विकासका अवरोधहरू र पत्रकारिताको भूमिकाबारे धारणा राख्दै कँडेलले प्रदेश सरकार दिगो विकासको लक्ष्यमा अघि बढिरहेको पनि बताए ।
‘कर्णालीलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सरकारले स्थानीय स्रोत साधनको परिचालन, लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका क्षेत्रमा नीति परिवर्तन गर्दै लगानी अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको छ ।’
मुख्यमन्त्री कँडेलले सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारिता गर्दै प्रदेश सरकारका प्रयासहरूलाई समेत उजागर गर्न आग्रह गरे । उनले विकास निर्माणलाई तीव्रता दिँदै प्रदेशलाई समृद्ध बनाउने सङ्कल्पसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नागरिकलाई उत्साह जगाउने समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण