विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
शनिबार, ०३ फागुन २०८१, २२ : ४४
महेन्द्रनगर । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझी समयानुकूल परिवर्तन हुँदै जानुपर्ने धारणा राखेका छन् । आज जनकपुरधाममा विद्यार्थी जनमत सङ्घले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले विद्यार्थीहरूले देश र मधेसका हरेक गतिविधि बुझेर आफूलाई रुपान्तारण गर्दै जानुपर्ने बताए ।
‘मधेसी राजनीति गर्न नजानेकै कारण शासित बनेर बस्न बाध्य भएकाले शिक्षासँगै राजनीतिक परिवेश, अवस्था र गतिविधि बुझेर आवश्यकता अनुसार नेतृत्व तहलाई सुझाव दिनसक्ने गरी अभ्यास गर्नु जरुरी छ’, उनले भने ।
राजनीतिबाट कोही टाढा भाग्न नसक्ने बताउँदै अध्यक्ष राउतले हरेक मधेसका युवा विद्यार्थीले आफूलाई समयानुकूल बनाउन आवश्यकता अनुसार राजनीतिक गतिविधिसम्बन्धी जानकारी राख्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण