यस्तो छ ह्वेलले निलेर ओकलिदिएका युवकको कथा
सान्टियागो । विशालकाय ह्वेलको मुखभित्र परेको मान्छेको हालत के होला ? एक पटक कल्पना गर्नुस् त । सोच्दा मात्रै पनि आङ्गै सिरिङ भएर आउँछ । चिलीको बहिया एल अगुइला क्षेत्रमा यस्तै घटना भएको छ ।
एउटा ह्वेलले कायाकिङ गरिरहेका २३ वर्षीय एड्रियन सिमान्कसलाई पुरै निल्यो र केही सेकेण्डपछि ओकलिदियो । यो डरलाग्दो घटनाको भिडियो केही क्षणमै सामाजिक सञ्जालमा भाइरल भएको छ ।
एड्रियन आफ्नो बुबा डेलसँग म्यागेलन स्ट्रेट नजिकैको बाहिया एल अगुइलामा कायाकिङ गरिरहेका थिए । अचानक पानीको सतहबाट एउटा विशाल हम्पब्याक ह्वेल निस्कियो र एड्रियनलाई निल्यो । त्यतिबेला डेल उनीबाट केही मिटर मात्र टाढा थिए । उनले यो डरलाग्दो घटनालाई क्यामेरामा कैद गरे र आफ्नो छोरालाई शान्त रहन भनिरहे ।
‘मलाई लाग्यो म त मरे’
एड्रियनले अब आफ्नो कथा सुनाएका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले भने, ‘अचानक मलाई पछाडिबाट केही हिर्काएको महसुस भयो, जसले मलाई भित्रतिर तान्यो । जब मैले आँखा खोलेँ, मैले आफूलाई ह्वेलको मुख भित्र पाएँ ।’ आफ्नो अनुहारमा केही टाँसिएको महसुस गरेको र वरिपरि गाढा नीलो र सेतो रंग मात्र देखिएको उनी भन्छन् । ‘त्यति बेला मलाई लाग्यो कि यदि यसले मलाई पुरै निल्यो भने म के गर्न सक्छु । म योसँग लड्न सक्दिन थे, त्यसैले मलाई अर्को कदम सोच्न आवश्यक थियो,’ उनी भन्छन्, ‘केही सेकेन्डको लागि मलाई लाग्यो कि म मरिसकेको छु ।’ तर ह्वेलले एक्कासी उसलाई ओकलिदियो र उनी पानीको सतहमा आए । सतहमा पुगेपछि, एड्रियन पौडी खेल्दै आफ्नो बुबाको कायाकसम्म पुगे र दुवै सुरक्षित किनारमा फर्किए । ‘म केही समय डराएको थिएँ, तर जब मैले उसलाई पानीबाट बाहिर निस्केको देखेँ, मलाई राहत महसुस भयो,’ डेल भन्छन् ।
‘दोस्रो जीवन पाएँ’
‘यो एउटा अनौठो अनुभव थियो जसले मलाई दोस्रो जीवन दियो । म यसको पूरा फाइदा उठाउनेछु,’ एड्रियनले भन्छन् । डरलाग्दो घटनाको बावजुद, एड्रियन र उनका बुबा डेलले आफ्नो कायाकिंग साहसिक कार्य जारी राख्ने बताए । यो घटनाको भिडियो भाइरल भएको छ । यो घटना हेरेर मानिसहरू छक्क परिरहेका छन् । हम्पब्याक ह्वेलहरूले सामान्यतया मानिसहरूलाई आक्रमण नगर्ने र घटना संयोगवश भएको समुद्री विज्ञहरू भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण