प्रेम आलेको २ प्रश्नमा प्रधानमन्त्रीको जवाफ
काठमाडौँ । सांसद प्रेम आलेले सोधेको २ वटा प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् । उनले विकास निर्माणको विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।
जवाफका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘धनगढी देखि दिपायल हुदै उरै भञ्ज्याङ्गसम्म निर्माण हुने सडकले यात्रा अवधि उल्लेखनीय मात्रामा घट्न जाने हुनाले यसको निर्माण र स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको छ। सरकारले हालै स्रोत सुनिश्चितता प्रदान गरेकोले आयोजनाको केही दिनमा नै ठेक्का प्रक्रिया शुरु हुनेछ।’
यस्तै आलेको दोस्रो प्रश्नमा ओलीले सहजपुर–बोक्तान–दिपायल सडकका सम्बन्धमा नेपाल सरकार र भारतको बीच सम्पन्न सम्झौताअनुसार करिब ५० किलोमिटर निर्माण कार्य सम्पन्न भइसकेको बताए ।
उनले भने, ‘उक्त सडकको बाँकी खण्डको निर्माणका लागि भारत सरकारसँग कुटनीतिक पहल गरिएकोमा उक्त खण्डलाई एलओसी–३ मा समावेश भएको जानकारी प्राप्त भएको छ। यस आयोजनाको निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण