मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु

आइतबार, ०४ फागुन २०८१, १५ : ०४
आइतबार, ०४ फागुन २०८१

बामाको । पश्चिम अफ्रिकी देश मालीमा अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

एएफपीको रिपोर्टअनुसार स्थानीय अधिकारी र स्रोतहरूले यसबारे जानकारी दिएका हुन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक हो, यहाँका खानीहरूमा यस्ता दुर्घटनाहरू प्रायः भइरहन्छन् । यो दुर्घटना भने शनिबार साँझ भएको समाचारहरूमा जनाइएको छ। 

मृत्यु हुनेको संख्या ४८ रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँको केनिबा सुन खानी संघले जनाएको छ। खानीमा हराइरहेका अन्य मानिसहरूको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख छ। उक्त सुनखानी चिनियाँ कम्पनीले चलाउने गरेको थियो । 

माली संसारको गरिब देशमध्ये एक हो । यहाँ अवैध रुपमा अनेकौं खानी चलिरहेका छन् । यी खानी नियन्त्रण गर्न त्यहाँको सरकारलाई निकै ठुलो चुनौती छ।

जनवरीमा पनि मालीको एक खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने धेरै जना बेपत्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप