अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
बामाको । पश्चिम अफ्रिकी देश मालीमा अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
एएफपीको रिपोर्टअनुसार स्थानीय अधिकारी र स्रोतहरूले यसबारे जानकारी दिएका हुन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक हो, यहाँका खानीहरूमा यस्ता दुर्घटनाहरू प्रायः भइरहन्छन् । यो दुर्घटना भने शनिबार साँझ भएको समाचारहरूमा जनाइएको छ।
मृत्यु हुनेको संख्या ४८ रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै त्यहाँको केनिबा सुन खानी संघले जनाएको छ। खानीमा हराइरहेका अन्य मानिसहरूको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख छ। उक्त सुनखानी चिनियाँ कम्पनीले चलाउने गरेको थियो ।
माली संसारको गरिब देशमध्ये एक हो । यहाँ अवैध रुपमा अनेकौं खानी चलिरहेका छन् । यी खानी नियन्त्रण गर्न त्यहाँको सरकारलाई निकै ठुलो चुनौती छ।
जनवरीमा पनि मालीको एक खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने धेरै जना बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण