प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट फागुन ११ गतेदेखि हुने
धनगढी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा हुने भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिता बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
आठ टोली सहभागी रहने प्रतियोगिता दुई चरण— प्लेट र एलाइट— मा खेलाइने छ । फागुन ११ गते सुरु हुने प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा बझाङ र दार्चुला आमनेसामने हुनेछन् । त्यसै दिनको अर्को खेलमा डडेल्धुरा र डोटी भिड्नेछन् ।
फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी तथा दोस्रो खेलमा डडेल्धुरा र बझाङ प्रतिस्पर्धा गर्नेछन् । फागुन १३ गते पहिलो खेल दार्चुला र डडेल्धुराबिच तथा दोस्रो खेल बझाङ र डोटीबिच हुने छ । प्लेट च्याम्पियनसिपको विजेता टोली एलाइट कपमा प्रतिस्पर्धा गर्नेछ ।
फागुन १४ गतेदेखि सुरु हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्नेछन् । अन्य खेलहरू निम्नानुसार हुनेछन् ।
फागुन १५ – प्लेट च्याम्पियन र अछाम
फागुन १६ – बैतडी र प्लेट च्याम्पियन
फागुन १७ – अछाम र कञ्चनपुर
फागुन १८ – कञ्चनपुर र प्लेट च्याम्पियन
फागुन १९ – कैलाली र अछाम
फागुन २० – प्लेट च्याम्पियन र कैलाली
फागुन २१– बैतडी र कञ्चनपुर
फागुन २२ – कैलाली र कञ्चनपुर
फागुन२३ – कैलाली र बैतडी
फागुन २४ गते शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ।
प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली चयन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण