नेपाली विद्यार्थीलाई कलेज फर्किन केआईआईटी विश्वविद्यालयको अनुरोध
काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको छ । चौतर्फी दबाबपछि एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले घर फर्किन लागेका नेपाली विद्यार्थीलाई कलेज फर्किन अनुरोध गरेको हो ।
विश्वविद्यालयले क्याम्पस छाड्ने योजना बनाएका सम्पूर्ण नेपाली विद्यार्थीलाई फर्केर कक्षाहरू सुरु गर्न अपिल गरेको छ ।
घटनालगत्तै त्यहाँको प्रहरीले दोषीलाई पक्राउ गरेको जनाएको छ । केआईआईटी प्रशासनले शैक्षिक गतिविधिहरू सुरु गर्न सबै प्रयास गरेको विश्वविद्यालयले जनाएको छ ।
यसअघि विश्वविद्यालयले विज्ञप्ति जारी गरेर थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको थियो ।
केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थी प्रकृति लम्साल आत्महत्या प्रकरणले चर्को रूप लिएको छ । प्रकृति आइतबार साँझ होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण