केआईआईटीमा अध्ययनरत तीन विद्यार्थी जोगवनी नाका हुँदै नेपाल फर्के

विराटनगर । भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भारतमा बसेर पढ्ने विद्यार्थी घर फर्कन थालेका छन् ।
जोगवनी नाका हुँदै मंगलबार साँझ ३ जना विद्यार्थी घर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमोरीयाका अनुसार साँझ ८ बजे तिर तिन जना विद्यार्थी नेपाल प्रवेश गरेका छन् । विराटनगर, इटहरी र सप्तरी घर भएका विद्यार्थी साँझमा जोगवनी नाकाबाट विराटनगर आएका हुन् । फर्किएका विद्यार्थीहरू डराएको अवस्थामा रहेको नाकामा खटिएका एक प्रहरी अधिकृतले बताए ।
विराटनगरका विद्यार्थीले सीमा नाकामा प्रदर्शन समेत गरेका थिए । मंगलबार नेपाल-भारत सीमाको जोगबनी नाकामा घटनाको निष्पक्ष छानबिनको र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।
शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भएको छ ।
भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो