भारतीय दूतावासले भन्यो - केआईआईटीका सुरक्षा गार्डहरूमाथि फौजदारी मुद्दा चलायौँ
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्नेहरूलाई फौजदारी मुद्दा दर्ता गरेको जनाएको छ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै दूतावासले घटनामा संलग्न सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्ने कदम चालेको बताएको हो ।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र त्यसपछि भएको घटनाक्रममा सम्बन्धमा भारतीय दूतावासले ओडिशा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सँग निरन्तर सम्पर्क गरिरहेको पनि जनाएको छ।
भारतको ओडिशा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको जनाउँदै दूतावासले ओडिशा राज्य सरकारले केआईआईटीलाई सूचनामा राखेको र गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको जानकारी दिएको छ।
८ वटामा बुँदामा स्पष्टीकरण दिएको दूतावासले उच्चस्तरीय समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने आश्वास दिएको छ।
यस्तो छ प्रेस विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण