नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ । नेपाल चिकित्सक संघले आफूहरूको माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । संघले आफूहरूको माग पुरा गर्नका लागि नेपाल सरकारलाई ४८ घण्टाको समय दिएको तर तोकिएको समयमा पनि पूरा नभएपछि आन्दोलनमा जान बाध्य भएको विज्ञप्तिमार्फत जनाएको छ ।
महासचिव डा सञ्जीव तिवारीका अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्था अगाडि कालो पट्टि बाँधी कार्यालय समयको पहिलो १ घण्टा धर्ना दिने तय भएको छ ।
यी विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न बाध्य हुने संघले जनाएको छ । साथै यसबाट उत्पन्न हुने परिस्थिति प्रति नेपाल सरकार नै जिम्मेवार हुने संघले चेतावनी दिएको छ ।
संघले आवासीय चिकित्सक (एमडीरएमएसरएमडीएस)हरूको निर्वाह भत्तालाई नेपाल सरकारको आठौँ तह सरह उपलब्ध गराउनुपर्ने, स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समिति अन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने लगायतका ९ बुँदे माग अघि सारेको थियो । ९ बुँदामा केही माग सम्बोधन गर्न सरकार तयार देखिएपनि सबै माग पूरा नभएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको संघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण