फोटोफिचर
कर्णाली सरकारले यसरी मनायो प्रजातन्त्र दिवस (तस्बिरहरू)
बुधबार, ०७ फागुन २०८१, ०९ : ४६
_zHSALx5LXv.jpg)
सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रजातन्त्र दिवस–०८१ मनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बुधबार एक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
बिहान ७ बजे मगलगढी चोकबाट र्यालीसहित ७ः४५ बजे जिल्ला समन्वय समितिको हलमा मूल समारोहमा परिणत भएको थियो । कार्यक्रमका प्रदेश प्रमुख यज्ञ प्रसाद जोशी, सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेल लगायत कर्मचारी, सरोकारवाला सबैको उपस्थित रहेको छ।
मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रममा बोल्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने बताए । सोही मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले उनको भनाइ छ।