लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
बुटवल । रुपन्देहीमा भएको तेस्रो मेयर कप तथा बुटवल खुला लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापाले जितेकी छन् । बुधबार भएको फाइनलमा अभिलाषा विष्टलाई पराजित गर्दै उनी च्याम्पियन बनेकी हुन ।
डिफेन्डिङ च्याम्पियन समेत रहेकी विष्टले उपविजेतामा चित्त बुझाइन् । पहिलो सेटको सुरुवातमा विष्टले अग्रता लिए पनि खेलमा फर्कँदै ६–३ ले सुनिराले जित निकालिन् ।
यस्तै मेन्स सिगलको उपाधिका लागि प्रदीप खड्काले रितिक रानासँग शुक्रबार फाइनल खेल्ने भएका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमिफाइनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस सङ्घको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीहरू सहभागी रहेको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण