अमेरिकामा हुने अवार्डको काठमाडौँमा घोषणा
काठमाडौँ । नेपाली कलाकारहरूको बाक्लो उपस्थिति रहेको अमेरिकामा आयोजना हुने अवार्ड थपिने क्रम बढ्दो छ ।
यस्तैमा अमेरिकामा ‘पहिलो टप सप ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमबिच यो अवार्ड घोषणा गरिएको हो ।
रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेसनल एलएलसीका (लकेश श्रेष्ठ) तथा बुद्ध कर तथा लेखा (पशुपति श्रेष्ठ) को संयुक्त आयोजनामा यो अवार्ड हुन लागेको हो ।
अवार्डमा नेपाली फिल्म तथा गीतसंगीत क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रममा आयोजकले नेपाली फिल्म तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकाको न्युयोर्कमा यो अवार्ड आयोजना गरिने जानकारी दिएको हो । नेपाली कलाकारहरूलाई विभिन्न सम्मान प्रदान गरिने कार्यक्रममा वरिष्ठ कलाकारलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’ले सम्मानित दिइनेछ ।
अवार्ड घोषणा कार्यक्रममा कृष्ण मल्ल, राजेन्द्र खड्की, रवीन्द्र खड्का, सुरज सिंह ठकुरी, प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, दिलीप समनलगायत थुप्रै कलाकर्मीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण