एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिए शुभमन गिल र महिश थिक्सना
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण बुधबारदेखि सुरु भएको छ । ‘मिनी विश्वकप’ का रूपमा परिचित च्याम्पियन्स ट्रफी सुरु हुनुअघि घोषित आईसीसी एकदिवसीय वरीयतामा भारतका युवा ब्याट्सम्यान शुभमन गिल र श्रीलंकाली बलर महिश थिक्सना पहिलो स्थानमा उक्लिएका छन् ।
शुभमन गिल एकदिवसीय ब्याटिङ वरीयताको पहिलो स्थानमा उक्लिएका हुन् । यसअघि ब्याटिङ वरीयताको पहिलो स्थानमा पाकिस्तानका पूर्वकप्तान बाबर आजम रहेका थिए । नयाँ वरीयतामा बाबर आजम दोस्रो स्थानमा खस्किएका छन् ।
एकदिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतीय टोलीका कप्तान रोहित शर्मा छन् । ब्याटिङ वरीयताको चौथो स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्लासेन र पाँचौँ स्थानमा न्युजिल्यान्डका ड्यार मिचेल रहेका छन् ।
यसैगरी, पछिल्लो एकदिवसीय बलिङ वरीयतामा श्रीलंकाका महिश थिक्सना पहिलो स्थानमा उक्लिएका हुन् । यसअघिको बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान पहिलो स्थानमा थिए । उनी नयाँ वरीयतामा दोस्रो स्थानमा झरेका छन् ।
पछिल्लो एकदिवसीय बलिङ वरीयताको तेस्रो स्थानमा नामिबियाका बेनार्ड स्कोल्ज रहेका छन् । उक्त वरीयताको चौथो स्थानमा भारतका कुलदीप यादवले कब्जा जमाएका छन् । वरीयताको पाँचौँ स्थानमा भने पाकिस्तानका साहिन शाह अफरिदी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण