१० वर्षपछि पर्दामा एकसाथ देखिँदै माग्ने र तक्मे बुढा
काठमाडौँ । अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल भएका छन् । निर्माण टिमले विल्सनलाई औपचारिक रुपमा फिल्ममा अनुबन्ध गरेसँगै चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ ।
दुवैले करिब दशकपछि सँगै काम गर्न लागेका हुन् । एक दशकअघि उनीहरुले ‘राम कहानी’मा सँगै काम गरेका थिए । त्यसयता निर्माताहरूको अथक प्रयासका बाबजुद जोडी सम्भव भएको थिएन ।
विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए । विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रुपमा मान्ने गरेका छन् ।
चलचित्रमा तक्मे बुढालाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए । ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ । अखण्ड प्रयासका बाबजुद पनि जुरेको थिएन,’ उनले भने,‘तर माग्ने राजामा हामी दुवैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ ।’
माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित छन् । उनले चलचित्रमा काम गर्ने प्रस्ताव आएदेखि नै पुराना दिन याद आएको स्मरण गरे । ‘उहाँले र मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज सो गरेका थियौँ । सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ । चलचित्रमा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन । यो चलचित्रले त्यो चाहना पूरा गरिदिएको छ । बुढाहरूको जोडीले पहिलेझैँ दर्शक हँसाउने पक्का छ,’ विल्सनले भने ।
ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको चलचित्रमा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङ आदि कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा रहेको छ । चलचित्रको यही शिवरात्रिका दिनदेखि सुटिङ सुरु हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण