पोखरेलको कवितासंग्रह र तीन गीतका भिडियो एक साथ सार्वजनिक
काठमाडौँ । डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो एकसाथ सार्वजनिक गरिएको छ ।
बुधबार काठमाडौँमा एक विशेष समारोहबिच कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेल, वरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा र मिलापका सम्पादक कृष्ण भुसाल लगायतले कृतिको संयुक्त लोकार्पण गरे ।
कृतिको लोकार्पणसँगै डा.विलोलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा स्रष्टा विलोलले विदेशमा बस्दा पनि देशमा रहेपनि मन सधैँ स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुचि रहेकोले सिर्जना आइरहेको बताए ।
गीतकार संघका अध्यक्ष वसन्त थापाले गीतकार व्यक्तित्व डा. विलोलको सक्रिय गीत लेखनको प्रशंसा गर्दै संघमा जोडिन आग्रह गरे ।
वरिष्ठ कलाकार कृष्ण मल्लले डा. विलोल आफ्नो अत्यन्त पुरानो अभिन्न मित्र, सुख दुःखको साथी रहेको भन्दै उहाँ नेपालमा रहँदा पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहेको चर्चा गरे ।
कार्यक्रममा डा. विलोलका गीतका भिडियोमा संलग्नका साथै अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्य, गीत, सङ्गीतका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता सङ्ग्रहित छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण