विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन सकेन : मन्त्री दाहाल
काठमाडौँ । पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको १० औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले विकास निर्माणका कामहरू अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताए । उनले विकास निर्माणका आयोजनाहरूको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । उनले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन सहरसम्म पुर्याउन सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताए ।
मन्त्री दाहालले नेपाल ठुलो अर्थतन्त्र भएका दुई देशको बिचमा रहेको उल्लेख गर्दै ती देशका सीमा नाकामा सहज आवतजावतको वातावरण समेत बनाउनुपर्ने बताए । उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रूपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गरे ।
उनले भने, ‘अहिले हामीले विकासका मोडलहरूमा पनि हेरफेर गर्नुपर्ने भएको छ । हामीले योजनाबद्ध विकास गर्न सकेका छैनौँ । योजना आयोगले विकासका आयोजनाहरू अगाडि बढाउने भएपनि योजनाअनुरुप काम हुँदैन । अब त्यस्ता कुराहरूलाई अन्त्य गरेर मैले चाहिँ के सोचेको छु भने विकास निर्माणका कामहरू अगाडि बढाउँदाखेरि प्राथमिकता निर्धारण गर्नुपर्दछ ।’
बिहीबारदेखि सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरूका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी लिन पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण