हनुमानढोकामा मृत भेटिएका युवकको हत्या भएको निष्कर्ष, दुई किशोरले हत्या गरेको स्विकारे
काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका युवकको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । करिब ३५ वर्षीका युवक बिहीबार मन्दिर नजिकै फोहोर फाल्ने ठाउँमा मृत भेटिएका हुन् ।
मृतकको यकिन पहिचान खुल्न सकेको छैन । तर, हातमा सुशन शाक्य नामको ट्याटु खोपेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । सिसिटिभी फुटेजमा दुईजना किशोरले बाँसको भाटाले हानेर हत्या गरेको देखिएको छ ।
हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू १६ र १७ वर्षका छन् ।
पक्राउ परेकाहरूले बाँसको भाटाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनीहरुले भनेका छन्, ‘सुरुमा उसले हामीलाई कुटेपछि बाँसको भाटोले हानेका हौँ ।’
नाबालक भएको हुनाले प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । मृतक यसअघि ३ पटकसम्म प्रहरीको अनुसन्धान दायरामा आएका व्यक्ति हुन् । मृतक र आरोपीहरूको कुनै पेसा थिएन । उनीहरू सडकमा बसेर जीविकोपार्जन गर्दै आएका थिए । हत्यामा संलग्नहरु वसन्तपुर क्षेत्रबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण