हृदोयको शतक, शमीको फाइफर : भारतसामु जितका लागि २ सय २९ रनको लक्ष्य
दुबई । आईसीसी च्याम्यिन्स ट्रफीमा बंगलादेशले भारतसामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको हो ।
टोलीका लागि तोहिद हृदोयले शतकीय इनिङ्स खेले । उनले ११८ बलमा १०० रन बनाउँदै आउट भए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।
उनले जकेर अलिसँग मिलेर कीर्तिमानी १ सय ५४ रनको साझेदारी गरे । एकदिवसीयमा छैटौँ विकेटमा बंगलादेशका लागि सबैभन्दा ठुलो साझेदारी हो । जाकेरले ११४ बलमा ६८ रन बनाए । उनले ४ चौका प्रहार गरे ।
ओपनर तान्जिद हसनले २५ रन तथा रिसाद होसेनले १८ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद शमीले शानदार बलिङ गर्दै ५ विकेट लिए । चोटबाट फर्किएका उनले १० ओभरमा ५३ रन खर्चिए । योसँगै उनले एकदिवसीयमा २०० विकेट पनि पूरा गरेका छन् । मिचेल स्टार्कपछि शामी खेलको आधारमा सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।
हर्षित रानाले ३ विकेट तथा अक्षर पटेलले २ विकेट लिए । भारतले पाकिस्तान जान नमानेपछि यो खेल यूएईमा खेलाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण