आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट
कोहलीले बराबरी गरे अजुरद्दीनको कीर्तिमान
बिहीबार, ०८ फागुन २०८१, १८ : ३८
दुबई । भारतका प्रभावशाली खेलाडी विराट कोहलीले पूर्वखेलाडी मोहम्मद अजुरद्दीनको कीर्तिमान बराबरी गरेका छन् ।
बिहीबार आईसीसी च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा कोहली अजुरद्दीनसँगै भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै क्याच लिने खेलाडी बनेका हुन् । कोहलीले २९८ खेलमा १५६ क्याच लिएका छन् । अजुरद्दीनले ३३४ खेलमा यो उपलब्धि हात पारेका थिए ।
उनीभन्दा अघि अस्ट्रेलियाका रिकी पोन्टिङ (१६० क्याच) र श्रीलंका माहेला जयावद्र्धने (२१८ क्याच) रहेका छन् । बिहीबारको खेलमा कोहलीले कप्तान नजमुल होसेन शान्तो र जाकेर अलिको क्याच लिन सफल भएका थिए ।
बंगलादेशले भारतसामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण