एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
शुक्रबार, ०९ फागुन २०८१, ०८ : ३१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।
यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण