हाथरस भागदौड मामिलामा भोले बाबालाई सफाइ, प्रहरी र आयोजकलाई ठहराइयो जिम्मेवार
नयाँ दिल्ली । उत्तर प्रदेशको हाथरसमा २०२४ को जुलाई ४ मा भएको भयानक भागदौडको घटनामा न्यायिक आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । यस दुर्घटनामा १२१ जनाको मृत्यु भएको थियो भने अरू दर्जनौँ घाइते भएका थिए ।
न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गरिएको थियो । यसलाई सदनमा राख्न पनि मन्जुरी दिइएको छ । प्रतिवेदनमा भागदौडको लागि मुख्यतया आयोजकहरूलाई जिम्मेवार ठहराइएको छ भने प्रशासन र प्रहरीको लापरबाहीलाई पनि गम्भीर गल्ती मानिएको छ ।
प्रतिवेदनका अनुसार भागदौड भएको सत्संगका आयोजकहरूले सुरक्षा मापदण्डहरू पालना गरेका थिएनन् । यद्यपि, एसआईटीले जस्तै न्यायिक आयोगले पनि सत्संग सञ्चालन गर्ने कथावाचक भोले बाबालाई यस घटनाबाट अलग राखेको छ र उनलाई क्लिन चिट दिएको छ ।
अनुसन्धानले भागदौडमा बाबाको कुनै भूमिका नभएको निष्कर्ष निकालेको छ । बरु अराजकता र कुव्यवस्थापन यसको कारण बताइएको । प्रतिवेदनमा प्रहरीले पनि आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा नगरेको उल्लेख गरिएको छ ।
भीड व्यवस्थापनको लागि उचित व्यवस्था गरिएन, जसका कारण अचानक भागदौड मच्चियो र धेरै मानिसहरूको कुल्चिएर ज्यान गयो । प्रतिवेदनका अनुसार यदि प्रहरी र प्रशासन सतर्क भएको भए र भीड नियन्त्रणको लागि आवश्यक उपायहरू अपनाएको भए यो त्रासदी रोक्न सकिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण