एकीकृत समाजवादीको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन् । ललितपुरको जावलाखेलमा शुक्रवारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले
आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजना अन्तर्गत आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन् । भुसालले गरेको प्रस्तावअनुसार यही फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्नवान गर्ने उल्लेख छ ।
त्यस्तै चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलनका विभिन्न कार्यक्रमहरू गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसङ्गठन, विभागसहित अन्य संघ संस्थाहरुबाट सुझाव सङ्कलन गर्ने प्रस्ताव भुसालको छ । त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेस गर्ने, त्यसबिचमा जिल्ला अधिवेशनहरू गर्ने, वैशाख २० गते प्रदेश सरकार र पालिकाहरूमा माग पेस गर्ने र जेठ १० गते काठमाडौँमा प्रदर्शन गर्ने भुसालको प्रस्तावित योजनामा उल्लेख छ ।
त्यसैगरी जेठ तेस्रो साताबाट बजेट र आफ्ना मागका बारेमा पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम घोषणा गर्ने कार्ययोजनामा उल्लेख छ । केन्द्रीय कमिटी बैठकले ती योजना पास भएपछि कार्यान्वयनमा जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण