खुला लन टेनिसमा प्रदीपको ह्याट्रिक
बुटवल । खुला लन टेनिसमा प्रदीप खड्काले ह्याट्रिक गरेका छन् । रुपन्देहीमा भएको मेयर कप तथा बुटवल खुला लन टेनिस प्रतियोगिता २०८१ को फाइनलमा रितिक रानालाई पराजित गर्दै उनले लगातार तेस्रो पटक उपाधि चुमेका हुन् ।
उपाधिसँगै उनले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे ।
पहिले संस्करणमा प्रणव खनाल विजेता भएका थिए । दोस्रोमा प्रदीप खड्का, तेस्रो र चौथो संस्करणमा रितिक राना विजेता बनेका थिए । त्यसपछि लगातार ३ वर्ष प्रदीपले उपाधि आफ्नो नाममा गर्न सफल भए ।
शुक्रबार भएको फाइनल खेलमा रितिकले ६–३ अङ्कसहित पहिलो सेट जित निकालेका थिए ।
तर दोस्रो सेट भने ७–६ ले प्रदीपले आफ्नो पक्षमा पारेका थिए । निर्णायक अन्तिम सेटमा प्रदीप कम ब्याक गर्दै ६–१ को अङ्कले जित निकाल्दै उपाधि कब्जा गरेका हुन् ।
यस्तै ३५ प्लस सिगलको उपाधि जितेन्द्र परियारले चुमेका छन् । फाइनलमा सन्तोष खत्रीलाई ६–४, ६–१ को सेटमा पराजित गदै उनले उपाधि चुमे । ४५ प्लस सिगलमा भने कमल बहादुर भण्डारीले देव क्षेत्रीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण