नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
काठमाडौँ । गायिका समीक्षा अधिकारीले नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गरी कारबाही गर्न माग गरेकी छन् । पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई 'इमोसनल ब्ल्याकमेल' मा पारि ठग्नेहरूको पर्दाफास भएको उनले बताएकी हुन् ।
यस्ता ठगहरूको कारण वास्तविक पीडितले सहयोग पाउँदैनन्, उनीहरूको बाँच्ने आधार नै नरहने अधिकारीको भनाई छ । कलाकारिताका नाममा, सामाजिक अभियन्ताका नाममा वा फेमिनिस्काट नाममा चलाउने यस्ता अभियानहरू राम्रोसँग बुझेर मात्रै मन फुकाउन सहयोगीहरूलाई अपिलसमेत गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ’नेपालमा अलि ठुलै रोग लाग्दा सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था छैन। हुनेखानेले मात्रै बाँच्न पाउँछन्, हुँदा खानेहरू उपचार नपाएरै मर्नुपर्छ। तर नेपालीको मन ठुलो छ, नेपाली हामी भावनात्मक छौँ। अरूको दुःख देख्न सक्दैनौ।
त्यसैले विभिन्न अभियान नै चलाएर धेरैलाई मृत्युको मुखबाट बचाएका छौँ। तर पछिल्लो पटक केही नक्कली बिरामी खडा हुने र सहयोगी मनहरूलाई ‘इमोसनल ब्ल्याकमेल' मा पारि ठग्नेहरूको पर्दाफास भएको छ।
यस्तो घृणित कर्म गर्नेहरूदेखि चैँ साँच्चीकै चित्त दुख्ने रहेछ। यस्ता ठगहरूको कारण वास्तविक पीडितले सहयोग पाउँदैनन्, उनीहरूको बाँच्ने आधार नै रहदैन। कृपया सहयोगीदाताहरू कलाकारिताका नाममा, सामाजिक अभियन्ताका नाममा वा फेमिनिस्टका नाममा चलाउने यस्ता अभियानहरू राम्रोसँग बुझेर मात्रै मन फुकाउनु होला।
यसरीले ठगी गर्ने जो कोहीलाई पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दै 'फेक' बिरामी देखाएर चन्दा आतङ्क मच्चाउनेहरूलाई अनुसन्धान गर्न पनि अपिल गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण