विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागुऔषध सहित १२ जना पक्राउ परेका छन् । कास्की, कपिलवस्तु, काठमाडौँ, रुपन्देही लगायतका जिल्लाबाट लागु औषधसहित १२ जना पक्राउ परेका हुन् । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवाबाट गाँजा ४ किलोग्रामसहित सोही महानगरपालिका–२ बागलुङ बसपार्क बस्ने सप्तरी घर भएका २५ वर्षीय दीपेश चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौँबाट स्याङ्जातर्फ आउँदै गरेको बा.३ ख ३९२४ नम्बरको हाइसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रु गेटबाट लागुऔषध गाँजा १४ किलो ७ सय ७४ ग्रामसहित ३ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका–९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा
थवाङ गाउँपालिका–५ कुशवाङ बस्ने ४९ वर्षीय प्रेमसरि रोका र रुकुम पूर्व भूमे गाउँपालिका–२ काक्री बस्ने २६ वर्षीय सरिता पुन रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका शुकलाललाई ३
किलो १ सय २८ ग्राम, प्रेमसरिलाई ५ किलो ९ सय ६८ ग्राम र सरितालाई ५ किलो ६ सय ७८ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
यता काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ बस्ने ५१ वर्षीय सुकुमाया तामाङलाई गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलोग्रामसहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम र नगद २३ हजार ५ सय ६० रुपैयाँ सहित सोही नगरपालिका–२ बस्ने ३१ वर्षीय मोहन राम्जालीलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कैलालीको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय
सन्तोष घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका–७ बनगाउँबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम, नगद ९ हजार ३ सय ५० रुपैयाँ र मोबाइल २ थानसहित २ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने २५ वर्षीय अजय चौधरी र सोही नगरपालिका–७ बस्ने सुरेश धामी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ९ सय ५ ट्याब्लेट र स्पास्पेन ९ सय ६ ट्याब्लेट सहित २ जनालाई शनिवार राति
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–११ बस्ने १९ वर्षीय योगेन राई र २१ वर्षीय खेम यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले घोपाबाट सिमीचोकतर्फ जाँदै गरेको प्र.१–०२–०४० प ५६०४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
-
ओलीको ‘झोले’ अभियानविरूद्ध उत्रिए एमालेकै कार्यकर्ता !
-
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान
-
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट, आन्दोलनको चेतावनी
-
नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात
-
राजनीतिमा को बुढो ? कस्तो बुढो ?