गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
आइतबार, ११ फागुन २०८१, १५ : ०६
काठमाडौँ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले वर्तमान सरकारले सुकुम्वासीहरूलाई जग्गा दिने नै हो भने खोला खोल्सा र वनको जग्गा नभई गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा दिन माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका पौडेलले माओवादी केन्द्र समाजवादी प्रणालीमा जाने कित्ता क्लियर रहेको बताए ।
‘उत्पीडित जनताको हित गर्ने समाजवाद माओवादीको कित्ता हो’, उनले अध्यादेशको प्रसंगमा भने, ‘सुकुम्वासीलाई सडक, वन र खोलाको जग्गा दिने होइन । दिने नै हो भने गिरीबन्धु टिस्टेटको जग्गा प्लटिङ गरेर दिइयोस्, छाला जुत्ताको जग्गा दिइयोस् माओवादी सहयोग गर्न तयार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण