पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
नयाँ दिल्ली । भारत–पाकिस्तानबिच भइरहेको च्याम्पिनय ट्रफीको खेलमा भारतीय बलर मोहम्मद शामीले एउटा खराब रेकर्ड राखेका छन्।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानविरुद्ध पहिलो ओभर गर्न आएका शामीले दुबई अन्तर्राष्ट्रिय रंगशालामा लामो ओभरको रेकर्ड बनाएका हुन् ।
३४ वर्षीय शामीले पाकिस्तानको इनिङ्सको पहिलो ओभरमा ११ बल गरे । जसमध्ये ५ बल वाइड रहे ।
यो नै उनको नाममा दर्ज भएको अनावश्यक कीर्तिमान बन्न पुग्यो। उनले यो खराब कीर्तिमानीमा भारतकै फास्ट बलर जसप्रित बुमराहलाई पछाडि पारे ।
भारतीय टोलीका फास्ट बलर शामीको यो ओभर च्याम्पियन्स ट्रफी इतिहासमा भारतका लागि सबैभन्दा लामो ओभरको रेकर्ड बनेको हो । साथै च्याम्पिन्स ट्रफी इतिहासकै दोस्रो सबैभन्दा लामो ओभर बन्यो ।
जसप्रित बुमराहको ९ बलको ओभरलाई शामीले पार गरे । सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा बुमराहले पाकिस्तानविरुद्ध ९ बलको ओभर गरेका थिए ।
यस ओभरमा शामीले ६ रन खर्चेका थिए भने ५ बल वाइड भएको थियो ।
लामो चोटपछि फर्किएका शामीले पछिल्लो खेलमा बंगलादेशविरुद्ध पाँच विकेट लिएका थिए ।
उनी च्याम्पियन्स ट्रफीमा पाँच विकेट लिने रवीन्द्र जडेजापछि दोस्रो भारतीय बलर बनेका हुन् । सँगै एकदिवसीयमा सबैभन्दा चाँडो २ सय विकेट पूरा गर्ने बलर पनि बने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण