कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘तरल नाइट्रोजन प्लान्ट’ बनाउँदै छ । त्यसका लागि सोमबार भवनको शिलान्यास गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले संयुक्त रुपमा भवनको शिलान्यास गरे ।
चालु आर्थिक वर्ष ४ करोड ८५ लाख बजेट विनियोजन गरेर प्लान्ट निर्माण सुरु भएको गरिएको कृषिमन्त्री शाहले बताए । प्लान्टको विस्तृप्त परियोजना प्रतिवेदन (डीपीआर) गत वर्ष नै बनाइएको थियो । डीपीआर बनाउन मात्रै सरकारले ४० लाख खर्च गरेको मन्त्रालयले जनाएको छ ।
पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य अनुसार यो आयोजना अघि बढाइएको हो । भवन मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालयको परिसरमा निर्माण सुरु गरिएको छ । प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुनेछन् ।
‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन लगायत उन्नत जातका पाडारबाच्छा उत्पादनमा टेवा पुग्ने मन्त्री शाहले बताए । बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण