बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
बुटवल । बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ गतेदेखि ९ गतेसम्म प्रतियोगिता हुने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
मेन्स सिंगल, वुमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरी ६ विधामा खेल हुने क्लबका द्वितीय उपाध्यक्ष तथा खेल संयोजक तुलसीराम भट्टराईले जानकारी दिए । उनका अनुसार खेल नवदिलीप कबर्ड हल र लुम्बिनी कवर्ड हल गरी दुई स्थानमा हुने छन् ।
मेन्स सिंगलका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरी वुमन्स सिंगलका प्रथम, द्वितीय , तृतीयलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरी मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कृत गरिने छ। यसै गरी भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ।
यसै गरी भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्वितीय र तृतीयलाई नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने छ। यसै गरी मास्टरतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कृत गरिने बताइएको छ । प्रतियोगितामा ३ सय बढी खेलाडी सहभागी हुनुका साथै २० हजारभन्दा बढी दर्शकबाट अवलोकन हुने उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन सङ्घको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू भित्रने बताए । खेलाडीहरूलाई प्रोत्साहन हुने गरी प्रतियोगिताको निरन्तरता जरुरी रहेको उनको भनाई थियो ।
दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेका थिए । प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण